• मुसिकोट नगरपालिकाको बराटाकुरामा अबस्थित झोलङ्गे पुलको अगाडी कैद गरिएको तस्विर...

नेपालका जंगलमा खान मिल्ने फल २५६


काठमाडौँ — नेपालका जंगलमा खान मिल्ने २५६ प्रकारका फल पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘वाइल्ड इडिबल फ्रुट्स अफ नेपाल’मा २५६ प्रकारका खान मिल्ने फल सूचिकृत भएको हो । नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत लोकरञ्जन भट्ट मुख्य लेखक रहेको यो पुस्तकले खान मिल्ने फलहरुमध्ये ६१ प्रतिशत पहाडी क्षेत्रमा पाइने उल्लेख छ । यसअघि सन् २०२०मा प्रकाशित एक वैज्ञानिक आलेख अनुसारमा नेपालका जंगलमा १९९ प्रकारका खाना मिल्ने फलहरु पाइने उल्लेख थियो ।

पहाडी क्षेत्रको भौगोलिक अवस्था, जलवायु, जैविक विविधता, तापक्रमले पनि जंगली फल धेरै पाइएको उनले बताए । नेपालको कूल भू–भागमध्ये ४४.७४ प्रतिशत वन क्षेत्रले ओगटेको छ । यी फल विभिन्न ६८ परिवार अन्तर्गतका ११४ प्रजातिभित्र पर्छन् । सबैभन्दा बढी ‘रोजेसी’ परिवारका छन् । यो परिवारका ४४ प्रकारका फल खान मिल्ने पाइएको भट्टले बताए । ७ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको वनस्पतिविद् समेत रहेका भट्टले बताए । ‘संख्या धेरै पनि हुन सक्छ । मैले पुराना अनुसन्धान, फिल्ड भिजिटबाट तथा लिटरेचरहरुको अध्ययनबाट संकलन गरेको हुँ,’ भट्टले कान्तिपुरसित भने ।

नेपालमा ६ सय प्रकारका खान मिल्ने वनस्पतिजन्य उत्पादन छन् । तीमध्ये ३७४ जंगल क्षेत्रबाट प्राप्त हुने पुस्तकमा उल्लेख छ । यी फललाई सही सदुपयोग गरे व्यवसायिक उत्पादन पनि गर्न सकिने अनुसन्धानकर्ता भट्ट बताउँछन् । ‘यी फलबाट चुक, अचार, जुस, स्क्वास, वाइन, घिउलगायतका उत्पादन बनाइने गरिएको छ । जस्तै, लप्सीबाट अचार, बेलबाट जुस तथा स्क्वास, चिउरीबाट बटर(घिउ) आदि,’ उनले भने ।

नेपालमा जंगलमा पाइने खान मिल्ने फलहरुको अध्ययन तथा अनुसन्धान अन्य प्रदेशको तुलानामा वाग्मती र गण्डकी प्रदेशमा भएका छन् । अध्ययन पनि ट्याक्सोनोमी र भेटिने क्षेत्रबाट मात्रै भएको पुस्तकमा उल्लेख छ । जंगली फलहरुमा पोषक तत्व हुने गरेपनि यस सम्बन्धी विस्तृत अनुसन्धान नेपालमा भएको छैन । नास्टका पूर्वउपकुलपति दयानन्द बज्राचार्यले यी फलहरुमा पाइने रसायन एवं पोषक तत्वहरुको अध्ययन गरेका थिए । उनको निधनपछि यी प्रजातिहरुलाई प्राथमिकता कम हुन थालेको अनुसन्धानकर्ता भट्टको भनाइ छ । भट्ट मुख्य लेखक रहेको यो पुस्तक ‘वाइल्ड इडिबल फ्रुट्स अफ नेपाल’मा १६८ वटा फलका रंगिन तस्बिर तथा भेटिएका २५६ प्रजाति हरेकका विवरण समावेश छ ।

नास्टका बायोलोजिकल रिसर्च ल्याबका प्रमुख समेत रहेका वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले धेरै मात्रामा संकलन र प्रयोगले यीनको अवस्था खतरामा पर्ने औंल्याए । चुरे विनाश,भू–क्षय, पहिरोलगायत प्राकृतिक विपत्तिका कारण पनि यस्ता वनस्पति खतरामा परेको उनले बताए । नेपालका जंगल क्षेत्रमा पाइने खान मिल्ने फलबारे पहिलो पटक सन् १९८० मा प्रकाशित भएको थियो । त्यसबेला १३३ प्रकारका खान मिल्ने फलहरु रेकर्ड भएका थिए । जंगल क्षेत्र तथा आदिवासी समुदायले जंगल फलहरुलाई परापूर्वकालदेखि प्रयोग गर्दै आएको पनि उनले बताए । यी फलहरुमा पाइने तत्वको अध्ययन र आदिवासी समुदायबीचको सम्बन्धको अध्ययनले अन्य विविध पाटाहरु खुल्न सक्ने उनी बताउँछन् ।

साधार : Kantipur

Share:

फेसबुक मेसेन्जरमा नयाँ फिचर, अरुले च्याटको स्क्रिनशट लिँदा थाहा पाइने


मेटा (फेसबुक) कम्पनीले आफ्नो फेसबुक मेसेन्जर प्लाटफर्मका लागि एकसाथ विभिन्न नयाँ अपडेट जारी गरेको छ । मेटाका सिइओ मार्क जुकरबर्ग आफैले फेसबुक पोस्ट मार्फत मेसेन्जरका नयाँ फिचरका बारेमा जानकारी गराएका छन् ।

नयाँ अपडेटसँगै फेसबुक मेसेन्जरमा एउटा यस्तो फिचर आएको छ जसको प्रयोगकर्ताले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । जस अनुसार गोप्य च्याटका लागि मेसेन्जरमा एण्ड टू एण्ड एन्क्रिप्सन फिचर सुरु भएको छ । यसका साथै अब मेसेन्जरमा यदि कसैले तपाईंसँगको च्याटको स्क्रिनशट लियो भने त्यसको अलर्ट अर्थात् सूचना तपाइँलाई प्राप्त हुनेछ ।

फेसबुक मेसेन्जरको नयाँ अपडेटसँगै स्वाइप टू रिप्लाइको फिचर पनि थपिएको छ । च्याटका अतिरिक्त फेसबुक मेसेन्जरको कल पनि अब एन्ड टू एण्ड एन्क्रिप्टेड हुनेछ । मेटाका अनुसार मेसेन्जरको सेक्रेट च्याट अब पहिलेको तुलनामा अझै उत्कृष्ट ढंगले सुरक्षित बनेको छ । मेटाले मेसेन्जरको Vanish Mode लाई स्क्रिनशट अलर्टमा परिवर्तन गरेको छ ।

मेसेन्जरमा सुरु भएको end to end encryption फिचर हालका लागि डिफल्ट भने छैन । सन् २०२२ को सुरुवातसँगै यसलाई मेसेन्जरमा डिफल्ट रुपमै सुरु गरिने अपेक्षा थियो, तर हालका लागि केवल सेक्रेट च्याटमा मात्र उपलब्ध छ । मेसेन्जरमा आमरुपमा यो फिचर आगामी वर्षदेखि सुरु हुने बताइएको छ ।
नयाँ अपडेटसँगै प्रयोगकर्ताले अब GIF तथा स्टिकरहरु पनि पठाउन सक्नेछन् । त्यस्तै कुनै मेसेजमा इमोजीबाट जवाफ फर्काउन सकिनेछ । यसका साथै प्रयोगकर्ताले कुनै मेसेजलाई धेरैबेर थिचेर वा स्वाइप गरेर पनि त्यसको जवाफ फर्काउन सक्नेछन् ।

नयाँ अपडेटसँगै अब प्रयोगकर्ताले सेक्रेट च्याटका भिडियो तथा फोटोहरुलाई सेभ गर्ने विकल्प पनि प्राप्त गर्नेछन् साथै फोटो तथा भिडियो पठाउनु अगाडि त्यसलाई इडिट गर्न पनि सकिनेछ ।
Share:

जिमेलमा परिवर्तन गर्दै गुगल : अब इमेल, च्याट, मिट र स्पेस एकैठाउँमा

विश्वको सर्वाधिक लोकप्रिय इमेल सेवा जिमेलको डिजाइन परिवर्तन हुने भएको छ । नयाँ डिजाइनसँगै अब जिमेल प्रयोगकर्ताले गुगल च्याट, गुगल मिट र गुगल स्पेस एकै ठाउँमा पाउनेछन् ।
नयाँ जिमेल एक एकीकृत प्लाटर्फम बन्नेछ । जिमेलका सबै प्रयोगकर्ताका लागि यो नयाँ अपडेट यो वर्षको दोस्रो त्रैमासिकसम्ममा उपलब्ध हुने बताइएको छ । अर्थात् आगामी जुलाई सम्ममा जिमेल प्रयोगकर्ताले जिमेलको नयाँ इन्टरफेस देख्न पाउनेछन् । गुगल वर्कस्पेस परियोजनाका अनुसार फेब्रुअरी ८ देखि उक्त नयाँ इन्टरनेट परीक्षणका लागि सुरु गरिनेछ ।
नयाँ डिजाइनमा जिमेलमा चारवटा बटन रहनेछन् जसमा प्रयोगकर्ताले जिमेलको इमेल, च्याट, स्पेस वा मिट जुन प्लाटर्फममा जान चाहेको हो सजिलैसँग स्वीच हुन सक्नेछन् । हाल प्रयोगकर्ताका लागि जिमेल, च्याट तथा मिटका लागि एक संयुक्त लेआउट उपलब्ध रहेको छ ।
नयाँ अपडेट सँगै प्रयोगकर्ताले एक पटकमा केवल एउटा बटनको मात्र विस्तारित भ्यू देख्न सक्नेछन् । साथै नयाँ इन्टरफेसमा प्रयोगकर्तालाई नोटिफिकेसन बबल पनि प्राप्त हुनेछ जसले उनलाई अर्को ट्याबका बारेमा पनि जानकारी दिनेछ । स्मरण रहोस् गुगलले आफ्नो वर्कस्पेसमा हुने परिवर्तनको घोषणा गत सेप्टेम्बरमै गरेको थियो ।
साभार : Online Khabar

Share:

Subscribe Us

Fashion

मिति परिवर्तण


सम्पर्कको लागी